प्रकाश सपुतको गीतबारे प्रचण्ड भन्छन्- विरोध नै गर्नुपर्ने जस्तो मलाई लाग्दैन
नेपालखोज
२०७८ फागुन ३० गते ९:२५

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया जनाएका छन् । उनले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका हुन् ।
धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए ।
उनले भनेका छन्, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ’, अहिले हामी कोही उत्तेजित हुनुपर्ने मलाई लाग्दैन ।’
सम्बन्धित

प्रतिक्रिया