बिहीबार, जेठ २, २०८२

युक्रेनमा अनुमानै नगरिएको हिंसा भएको अमेरिकाको निष्कर्ष

आफ्ना नागरिकलाई युक्रेनबाट हटाउन पुनः ताकेता

नेपालखोज २०७८ फागुन ३० गते १२:१५

किएभ । युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुनः ताकेता गरेको छ । जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको उसले उल्लेख गरेको छ ।

यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको छ । सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्नेबारे ख्याल गर्न अमेरिकी दुतावासले सचेत गराएको छ ।

जनवरीमा अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा रहेका अमेरिकीहरूको यकीन संख्या आफूसँग नभएको जनाएको थियो ।

प्रतिक्रिया