प्रधानमन्त्री देउवाले भने- भीम रावलको दिमाग फुस्किएको छ

नेपालखोज २०७८ फागुन ३० गते १४:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएकोमा आक्रोस ब्यक्त गरेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले आज तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न समेत गरे ।

केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो रु देउवाले कडा शब्दमा भने, ‘किन दिमाग फुस्किएको थियो ?’ रक्षामन्त्री हुँदा एमसीसीबारे थाहा थियो कि थिएन भनी रावललाई प्रश्न गरे । रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले पनि नदिने बताए । पदमा बसेको बेलामा चुप लाग्ने र अहिले चर्को कुरा गरिरहेको भन्दै रावलको आलोचना गरे ।

एमाले नेता रावल एमसीसीका चर्को आलोचक हुन् । उनी यो मुद्दामा पार्टी लाइन विपरित बोलिरहेका छन् । प्रधानमन्त्री देउवा र एमाले नेता रावल दुवै सुदूरपश्चिमका हुन् ।

प्रतिक्रिया