शनिबार, जेठ ५, २०८१

होन्डाको एक्सचेन्ज क्याम्प

नेपालखोज २०७८ फागुन ३० गते १७:२५

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरहरूको एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ ।

एक्सचेन्ज क्याम्पको अवधिभर ग्राहकले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । ग्राहकले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ अतिरिक्त एक्सचेन्ज बोनससमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया