शनिबार, जेठ ५, २०८१

साउथका हेर्न नछुटाउने ५ थ्रिलर फिल्म

नेपालखोज २०७८ चैत १ गते १५:२७

साउथका फिल्मले अहिले बलिउडलाई लगातार पछाडि पारिरहेको छ । यसको मुख्य कारण दक्षिण भारतका फिल्म एक्सन, ड्रामा, थ्रिलर तथा रोमान्सले भरपूर हुनु पनि ह‍ो । साउथमा केही खास बेस्ट थ्रिलर फिल्म निर्माण भएका छन् जुन बलिउडका चलचित्रभन्दा निकै उत्कृष्ट छन् ।

Goodachari
साउथको एउटा बेस्ट फिल्म Goodachari को हिन्दि भर्सन इन्टेलिजेन्ट खेलाड़ी (Intelligent Khiladi) हो । यो फिल्म एक्शनले भरपुर छ । यो फिल्ममा अदिवी शेषले गोपी नामको चरित्र निर्वाह गरेका छन । यो फिल्मलाइ बलिउडको कुनै पनि फिल्मले टक्कर दिन सक्दैन ।

Nenokkadine
यो फिल्म २०१४ मा रिलिज भएको हो । साउथका निर्देशक सुकुमारको यो फिल्म एक्सन – थ्रिलर फिल्म हो । यो फिल्मको मुख्य भुमिकामा महेश बाबु छन ।

Dhruva
रामचरणको सुपरहिट फिल्म ध्रुव निकै मनपराइएको चलचित्र हो । यो फिल्म दक्षिण भारतमा निकै लोकप्रिय मानिएको थियो । यो फिल्ममा रामचरणका अतिरिक्त रकुल प्रीत सिंह तथा अरविन्द स्वामीले पनि अहम भुमिका निर्वाह गरेका छन । यो फिल्म एक्शन, क्राइम र थ्रिलरले भरिपूर्ण छ ।

Mumbai Police
साउथको सानदार फिल्म Mumbai Police पनि निकै लोकप्रिय फिल्म हो । यो फिल्म २०१३ मा रिलीज भएको थियो । यो मुलत मलयालम भाषाको क्राइम, थ्रिलर फिल्म हो ।

Vikram Vedha
साउथको यो फिल्म पनि निकै मन पराइएको फिल्म हो । सस्पेन्स र थ्रिलरले भरपुर यो फिल्म यस्तो क्याटोगरिको फिल्म मन पराउनेहरुका लागि खास हुनसक्छ ।

प्रतिक्रिया