शुक्रबार, जेठ ३, २०८२

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

नेपालखोज २०७८ चैत १ गते १५:५८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा राम्रो नतिजा प्रदर्शन गरेकाे छ । सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको हाे।

नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बिएससी नर्सिङको कोर्स पूरा गरेका छन् । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँने भएका छन् । नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका छन् । ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द (केएन) शर्माले जानकारी दिएका छन् ।

उनले भने , ‘कोभिड पेण्डामिकको बेलाका चुनौतिका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मेहेनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुशी छौं । कुल विद्यार्थीहरुमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहेनती विद्यार्थीहरुले रेकर्ड बनाएका छन् ।’ नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा विगत लामो समयदेखि बिएससी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरु संचालन हुँदै आएका छन् । बिएससी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् । भने प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ चाहि सिटीइभिटीबाट मान्यता प्राप्त कोर्स हो ।

प्रतिक्रिया