खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । खल्तीमार्फत ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जितेर भाग्यशाली बन्न सकिने भएको छ । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यस अफर ईएमआई डन १०० प्रतिशत रिटर्नअनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्ल्यू इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक साता एकजना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक (पाँच हजार रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुईजनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य छ ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।’ पाँच हजार रुपैयाँमाथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी भने अनिवार्य रूपमा भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६०००० प्लस सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ ।








प्रतिक्रिया