आइतबार, वैशाख २८, २०८२

एन्टि डोपिङको क्षेत्रमा सहयोग गर्न मन्त्री गहतराजको आग्रह

नेपालखोज २०७८ चैत १ गते १७:५३

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसहितको प्रतिनिधि टोलीले नेपाली खेल क्षेत्रको विकासकाबारे दुबईमा बिभिन्न संस्थाका प्रतिनिधीसँग छलफल गरेका छन् । एन्टि डोपिङ सम्बन्धी १७औं एसिया/ओसिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए ।

मन्त्री गहतराजले संयुक्त अरब इमिरेट्सको खेलकुद प्राधिकरणका अध्यक्ष डा. अहमद बेलहौल अल फलासी, विश्व एन्टी डोपिङ एजेन्सीका अध्यक्ष विटोल्ड बांका र एसिया ओलम्पिक काउन्सिलका महानिर्देशक हुसेन ए.एच.जेड अल-मुसलामसँग शिष्टाचार भेट गरेका हुुन् । भेटका क्रममा मन्त्री गहतराजले नेपालले एन्टि डोपिंङका क्षेत्रमा गरेको कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

साथै आगामी दिनमा एन्टि डोपिंगको क्षेत्रमा नेपालको क्षमता विकासमा सहयोग गर्न मन्त्री गहतराजले आग्रह गरेको मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले जानकारी दिए । नेपालको समग्र खेलकुद क्षेत्रको विकासका साथै अन्तराष्ट्रिय लगानी भित्राउने कुरामा समेत छलफल भएको थियो ।

यसअघि मन्त्रीस्तरीय बैठकको पहिलो दिन सोमबार नेपालको तर्फबाट मन्तब्य राख्दै मन्त्री गहतराजले एन्टि डोपिंङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया