ओली निवास बालकोटमा एमाले केन्द्रीय सचिवालय बैठक जारी
नेपालखोज
२०७८ चैत १ गते १७:४४

काठमाडाैं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन बैठकको आयोजना गरेको हो ।
केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक बसेको बताइएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८-९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।
सम्बन्धित

प्रतिक्रिया