सरकारले माग्यो एक लाख म्यादी प्रहरी, ६ गतेदेखि आवेदन दिन पाइने

नेपालखोज २०७८ चैत १ गते २१:२८

काठमाडौं । सरकारले एक लाख म्यादी प्रहरी माग गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।

इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् ।

म्यादी प्रहरीका लागि नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिकरूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।

म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्न बापत सात हजार दुई सय रुपैयाँ र पोसाक बापत ६ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया