बिहीबार, जेठ २, २०८२

कोरोनाको जोखिम बढ्यो

नेपालखोज २०७८ चैत २ गते १२:५७

काठमाडौं । संसारका विभिन्न देशमा कोरोनाको कहर कम भए सँगै जन जीवन सामान्य हुँदै गएको छ भने कोरोना भाइरसका कारण लगाइएक‍ा प्रतिबन्धहरु पनि हट्दै गएका छन् । यद्यपि यसबीच एसियामा कोरोनाको संक्रमण फेरि बढ्न थालेको र यदि सावधानी नअपनाए चाँडै कोरोनाक‍ो नयाँ लहरको सामना गर्नुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का साथ वैज्ञानिकहरुले यस्तो चेतावनी यसअघि पनि दिँदै आएका छन् ।

चीनमा ओमिक्रोनको बीए. टु सबभेरिएन्टले आफ्नो असर देखाउन थालिसकेको छ । झिलिन और सेन्जेनसहित चीनका करिब एक दर्जन सहरमा कोरोनाका बिमारी बढ्न थालेपछि फेरि लकडाउन लगाइएको छ । संसारमै धेरै जनसंख्या भएको छिमेकी मुलुक चीनमा कोरोनाको यो नयाँ लहरका लागि ‘स्टिल्थ ओमिक्रोन’ लाई जिम्मेवार मानिएको छ ।

के हो ‘स्टिल्थ ओमिक्र‍ोन’ ?
यो कोरोनाको कुनै नयाँ भेरिएन्ट नभएर बि.ए. टु भेरिएन्ट नै हो । ओमिक्र‍ोनको यो स्वरूपमा आएको केही अणुवंशिक परिवर्तनका कारण विशेषज्ञहरुले यसलाई ‘स्टिल्थ भेरिएन्ट’ भनेका हुन् । य‍ो नामकरणको प्रमुख कारण ओमिक्रोनको बि.ए. टु भेरिएन्ट शरीरक‍ो प्रतिरोधक क्षमतालाई चकमा दिन धेरै हद सम्म सफल हुनु पनि हो ।

ओमिक्रोनभन्दा तीव्र फैलावट
एक शोधका अनुसार सार्स-कोभ-टु भाइरसको ओमिक्रोन स्वरूपको उपस्वरूप बीए. टु यसको मुल स्वरूप (भेरिएन्ट ) भन्दा धेरै बढी संक्रामक छ । बीए.टु भेरिएन्टले ३९ प्रतिशत मारक क्षमताका साथ मानिसहरुलाई आफ्नो चपेटामा लिन्छ भने यसले कम समयमै बढी मानिसलाई संक्रमित तुल्याउँछ ।

बढ्दै छन् बिमारी
यूएसए टुडेको रिपोर्टमा उल्लेख भएअनुसार, जोन्स हकिन्स विश्वविद्यालयको तथ्यांकमा गएको साता यूके, नेदरल्यान्ड, जर्मनी, स्विट्जरल्यान्ड तथा इटलीमा कोरोनाका बिरामी फेरि बढेको देखिएको छ । जुन-जुन देशमा कोरोनाका बिरामी बढेका छन् तीमध्ये आयरल्यान्ड, यूके तथा नेदरल्यान्डसहित अन्य देशमा पनि अस्पतालमा भर्ना हुने संख्यामा समेत वृद्धि देखिएको छ ।

ब्रिटेनमा २५ मध्ये एक संक्रमित
बीबीसीका अनुसार अफिस फर नेसनल स्टेटिस्टिक्स (ओएनएस) को नयाँ अनुमान छ कि पूरै ब्रिटेनमा कोरोना संक्रमण बढिरहेको छ र अहिले त्यहाँ लगभग २५ जना मानिसमध्ये एक जना कोरोना संक्रमित छन् । वैज्ञानिकहरुका अनुसार ओमिक्रोनको नयाँ भेरिएन्ट बीए.टु का कारण संसार फेरि जोखिमतर्फ बढ्दै छ भने मानिसहरुको बढ्दो भेटघाट तथा खोप अनि बुस्टर डोजक‍ो प्रभावकारिता कम भएसँगै जोखिम बढेर गएको छ ।

प्रतिक्रिया