शनिबार, जेठ ५, २०८१

राम्रो कन्टेन्ट भएका केही सर्ट फिल्म !

नेपालखोज २०७८ चैत २ गते १२:३९

ओटीटीमा कैंयन वेब सिरिज उपलब्ध छन् । यसमा क्राइम सस्पेन्स, थ्रिलर, हरर, रोमान्टिक अनेक किसिमका कन्टेन्ट समेटिएको पाइन्छ । यदि तपाईं घरमा एकदम फ्री बसिरहनुभएको छ र मुड फ्रेस गर्न राम्रो मनोरञ्जनको चाहना छ भने यी सर्ट फिल्म निकै राम्रा विकल्प सावित हुन सक्छन् ।

छुरी : छुरी एउटा उत्कृष्ट सर्ट फिल्म हो । यसमा अनुराग कश्यप, टिस्का चोपडा तथा सुरवीन चोपडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो एक्स्ट्रा म्यारिटल अफेयरको कथामा आधारित सर्ट फिल्म हो जसमा अनुरागका अनेकौं अफेयर देखाइएको छ ।

खुजली : ज्याकी श्राफ तथा नीना गुप्ता अभिनित खुजलीमा श्राफ लुतोले सताइएका बिरामीका रुपमा देखा पर्छन् ।

खीर : खीरमा अनुपम खेरको सानदार अभिनय हेर्न पाइन्छ ।

जुस : जुसमा शेफाली शाह मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । यो सर्ट फिल्मको कथा महिला सशक्तीकरणमा आधारित छ ।

जय माता दी : सर्ट फिल्म जय माता दी रमाइलो कमेडी फिल्म हो र यसको कथा लिभ इन रिलेसनसिपमा केन्द्रित छ ।

प्रतिक्रिया