सोमबार, जेठ ७, २०८१

फोटोन टुनल्यान्डको नयाँ भेरियन्ट आउँदै

नेपालखोज २०७८ चैत २ गते १२:१४

काठमाडौं । पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्यान्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्यान्ड ई–प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।

कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, ‘पावर,लुक्स र पफर्मेंसमा जब्बर गाडी अऊँछ, जसरी फोटोन टुनल्यान्डले चिनियाँ गाडीप्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोन कायम राख्नेछ ।’

कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३२० एनएम छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ठ रहने कम्पनीले जनाएको छ ।

पावर, लुक्स र पफर्मेसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले बढाइरहेको छ ।

प्रतिक्रिया