सोमबार, वैशाख १७, २०८१

प्रभु क्यापिटलको ‘आशा’

नेपालखोज २०७९ साउन २३ गते १६:००

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक गरेको छ । बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लामा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई ‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित प्रभु लिटिल च्याम (पीएमएस) योजना सुरु गरेको हो ।

‘यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको हो,’ कम्पनीले भनेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताले, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिँदै गएको जानकारी दिएको छ ।

भिडियोमा व्यवसायसँगै संस्थागत रूपमा समाजमा आफ्ना तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने पनि जनाएको छ ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि सुरु गरेको हो । जसमा नानीबाबुहरू पीएमएस सेवा लिन जोडिएपश्चात क्यापिटलले एक पीएमएसबापत् एकजना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च बेहोर्नेछ ।

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभर रहेका शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सकिनेछ । यसरी सहभागी भएका सेवाग्राहीले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रूपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया