एभरेष्ट बैंकद्वारा थिमि र काँडाघारीमा नयाँ शाखा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउन भक्तपुरको थिमि र काठमाडांैको काँडाघारीमा आफ्नो नयाँ शाखाहरूको उदघाटन गरेको छ ।
थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका छन् । त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् ।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, वाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक, सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो । यसै उद्घाटन समारोहमा सञ्चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक छन् । देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा सन्जाल, प्रादेशिक कार्यालय, १४५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।








प्रतिक्रिया