यातायात र सडक समस्या समाधान गर्न संघ र प्रदेशबीच सहमति

नेपालखोज २०७८ चैत २ गते १९:४५
;

काठमाडौं । यातायात र सडक समस्या समाधान गर्न संघ सरकार र प्रदेश सरकारबीच २२ बुँदे सहमति भएको छ । सातवटै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको बैठकले उक्त सहमति गरेको हो ।

संविधानमा यातायातसम्बन्धी अधिकार प्रदेशलाई दिएको भन्दै प्रदेश मन्त्रीहरूले अधिकार उपयोग गर्न पाउनुपर्ने माग राखेका थिए । मागमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सहमति जनाइन्। गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सबै प्रदेशमा एकै खाले कर, दस्तुर र जरिवाना हुने गरी संघीय ऐन व्यवस्था गर्न माग गरेका छन् । भेलाले संघीय ऐनमा नै समान एकै खालको सवारी साधन कर, दस्तुर र जरिवाना व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया