आइतबार, पुष ६, २०८२

एनसेलले ल्यायो मोबाइल डाटा, सबैभन्दा सस्तो प्याक

नेपालखोज २०७८ चैत २ गते १९:५८

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डाटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डाटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब करसहित मात्र रु. १२९ मा ७ जीबी अल टाइम डाटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ दिन सम्म १ जीबी डाटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डाटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डाटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डाटा प्याकहरुमा डाटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिलेकै मूल्यमा थप भोल्युमसहितको डाटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डाटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डाटा खरिद गरि दैनिक १.५ जीबी डाटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डाटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डाटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डाटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डाटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डाटा प्रयोग गर्न सक्छन् ।

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सञ्चालन गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् ।

दैनिक जीबी डाटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डाटा प्याकहरु र थप गरिएका डाटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया