हाेलीमय वसन्तपुर ! (फाेटाे फिचर)
पार्वती भण्डारी
२०७८ चैत ३ गते ११:३३

काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

यसै अवसरमा आज काठमाडौंको वसन्तपुरमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ । हरेक वर्ष हालीकाे अवसरमा वसन्तपुरमा होली विशेष कार्यक्रम हुने गरेकाे छ ।








तस्बिर : पार्वती भण्डारी/नेपालखोज
सम्बन्धित

प्रतिक्रिया