माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ परिवारलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही फागुन २८ गते सत्तरी अग्निसाइर कृष्णासवरन टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन ४ का अध्यक्ष तेजनारायण यादव र बैंकको मधेस प्रदेशका प्रदेश उपप्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा गरिएको हो ।
बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दे आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया