नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत मोबाइल वितरकको सन्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफ्नो व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा–सुविधा प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।
उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख नीरजकुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । साझेदारीबारे बस्नेत (डनिल) ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा तथा सुविधा सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीको पहुँचमा पु¥याउन निरन्तर लागि परिरहेको जानकारी गराए ।
यस साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।








प्रतिक्रिया