के भयो पोखरा फाइनान्सको २५औं वार्षिकोत्सवमा ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्युरोड, कास्कीमा प्रधान कार्यालय रहेको फाइनान्सले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो ।
नेपालभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २५औं वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अगाडि बढिरहेको छ । फाईनान्सको हाल अधिकृत पुंजी एक अर्ब ५० करोड रहेको छ भने चुक्ता पुँजी एक अर्ब चार लाख रुपैयाँ रहेको छ ।
देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ । २५ औ वार्षिकोत्सवको अवसरमा फाईनान्सले यही चैत्र दुई गते प्रधान कार्यलयको प्रांगगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको २५ औ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग प्रदान गर्ने सम्पुर्ण ग्राहकवर्ग, शेयरधनीहरु, शुभेच्छुक, कर्मचारी तथा नियामक निकायहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दे फाईनान्सले आगामी दिनहरुम समेत आफ्नो ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।








प्रतिक्रिया