रुसले नियतवश सयौँ मानिसले आश्रय लिएर बसेको नाटकघरमा बम आक्रमण गर्याे : जेलेन्स्की
नेपालखोज
२०७८ चैत ३ गते १३:१५

काठमाडाैं । रुसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन् ।
रुसी विमानहरूलाई जनाउन दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा ‘बालबालिका’ लेखिएको थियो । त्यहाँ कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी आएको छैन । रुसले गैरसैनिक मानिसहरूलाई निसाना नबनाइएको दाबी गरेको छ ।
युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीले रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको दाबी गरेका छन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया