देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया: सफा रहने

काठमाडाैं । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावाना रहेको विभागले जनाएको छ ।
यसैगरी आइतबार सुदूरपश्चिम, कार्णाली र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावाना छ।
प्रतिक्रिया