सोमबार, वैशाख २४, २०८१

नेपाली र दक्षिण कोरियाली कविहरुको कविता सङ्ग्रह

दिनेश अधिकारी २०७८ चैत ५ गते १०:०९

अनुवादका माध्यमबाट नेपाली साहित्य विस्तार-विस्तारै बाहिरी संसारमा पुग्दै छ । तीमध्येको एउटा कोरियन भाषा पनि हो । पछिल्लोपटक लेखक संघको सहकार्यमा ५०/५० जना नेपाली र दक्षिण कोरियाली कविहरुको कविता सङ्ग्रह २०७४ सालमा प्रकाशनमा आएको सुनिएको छ ।
यो प्रसंग भने अर्कै हो ।
दक्षिण कोरियाबाट चौमासिक रुपमा प्रकाशनमा आउने गरेको ‘मुनहाकसन’ नामको प्रतिष्ठित साहित्यिक पत्रिकाले नेपाली कविहरु मञ्जुल, विक्रम सुब्बा, रामेश श्रेष्ठ, पुष्कर लोहनी, सरुभक्त, मोमिला, रमेश क्षितिज, कृष्ण प्रसाईं, भीष्म उप्रेती र मसमेतका कविता तथा खगेन्द्र लुइँटेल, महेश पौडेल र कोरियाली साहित्यकार यु जुङईका नेपाली साहित्यसम्बन्धी परिचयात्मक लेखहरु समेटेर सन् २००९ मा ‘नेपाली कविता विशेषांक’ प्रकाशनमा ल्याएको रहेछ । १० साउन, २०६६ का दिन काठमाडौंमा म र कोरियन कवि यु जुङईले संयुक्त रुपमा त्यसलाई सार्वजनिक गरेका थियौं ।

कार्यक्रमको आयोजना जरा फाउन्डेसन, नेपालले गरेको थियो । यी तस्बिरहरु त्यही दिनका सुखद सम्झनाहरु हुन् । पहिलो तस्बिरमा कोरियन कवि यु जुङईका साथमा मलाई देख्न सक्नुहुनेछ भने दोस्रो तस्बिर चाहिँ ‘मुनहाकसन’ पत्रिकाको नेपाली कविता विशेषांकको आवरण पृष्ठ हो ।

प्रतिक्रिया