शुक्रबार, जेठ ४, २०८१

खुसी नमनाऊ आततायीहरू हो

नेपालखोज २०७८ वैशाख २९ गते १५:०६

प्रमोद प्रधान

सत्ता ‘निर्जीव’ भएपछि
नागरिक मृत्यु भोग्न बाध्य हुँदा रहेछन्
र, निस्कँदो रहेछ लाशहरूको जुलुस !
खुसी नमनाऊ ए आततायीहरू हो !
समय आएपछि लासहरू
फेरि जुरुक्क उठ्नेछन् र
सत्तालाई ‘लास’ बनाइदिनेछन् ।

प्रतिक्रिया