चन्द नेतृत्वको नेकपा बैठक जारी

नेपालखोज २०७८ चैत ५ गते ११:२०

कपिलबस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) विहानैदेखि जारी छ । बैठकमा महासचिव चन्दको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसिरहेको हो ।

बैठकमा महासचिव चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा टोली नेताले आफ्नो समूहको धारणा राख्ने क्रम जारी छ । टोली नेताहरुले धारणा राखेपछि आजै महासचिव चन्दले जवाफ दिने कार्यसूची छ । वैशाख ३० गते हुने स् औपचारिक रुपमा नीतिगत निर्णय लिने जनाइएको छ ।

महासचिव चन्दले आफूले प्रस्तुत गरेको प्रतिवेदनमा चुनावमा जानुपर्ने प्रस्ताव राखेका छन् । केही नेताहरुले भने विमति जनाएका छन् ।

प्रतिक्रिया