शनिबार, असार १४, २०८२

निजी क्षेत्रको सहयोगमा अस्पताल स्तरोन्नति

नेपालखोज २०७८ चैत ५ गते १३:४३


पर्सा । पर्साको पोखरिया नगरपालिकास्थित पोखरी अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको करिब ३५ लाख रुपैयाँको सहयोगमा कक्ष निर्माण गरिएको हो । निजी क्षेत्रको पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरी सहयोग गरिएको संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।

हाल सञ्चालन ल्याइएका ती कक्षबाट बिरामीको उपचारमा थप सघाउ पुग्ने नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले बताए । उक्त अस्पतालले यस अगावै फार्मेसी, गर्भवती जाँच, भिडियो एक्स–रे, डिजिटल एक्स–रे, ओपिडी सेवा, नेबुलाइजर र २४ सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्स लगायत सेवा प्रवाह गर्दै आएको थियो । अस्पतालमा दैनिक करिब एक सय बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया