शनिबार, असार १४, २०८२

नेपालमा सक्रिय संक्रमित संख्या साढे तीन हजारमा झर्‍यो

नेपालखोज २०७८ चैत ५ गते १६:११

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या साढे तीन हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरीबाट थप ४०९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ मा झरेको हो ।

नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६२ हजार ५८२ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा जम्मा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा ८ र २ हजार ५५० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जना गरि जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ८ हजार ७२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया