केपी ओली गृहजिल्ला झापा पुगे, झलनाथको निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने
नेपालखोज
२०७८ चैत ६ गते १०:५०

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । उनी इलाम जानका लागि झापाको भद्रपुर विमानस्थल पुगेका हुन् ।
इलामको सूर्योदय नगरपालिकामा उनले सम्बोधन गर्ने बताइएको छ । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको बताइएको छ ।
पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउनको लागि जनसभाको आयोजना गरेको एमालेले जनाएको छ ।फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ । जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया