पोखरीमा डुबेर दुई युवककाे मृत्यु

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ बस्ने १८ वर्षीय सुमन ठाकुरको डुवेर मृत्यु भएको छ । पोखरीमा तीन युवक पौडी खेल्न गएको जनाइएको छ ।
स्थानीयवासीले पानीमा डुबेका युवालाई जिवितै उद्धार गरेका थिए । उपचारका क्रममा अस्पताल लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । त्यस्तै महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।
प्रतिक्रिया