जनतासामु एउटा र विदेशीसँग अर्को कुरा गर्न कम्युनिस्ट माहिर : प्रकाशमान सिंह

नेपालखोज २०७८ चैत ६ गते ११:२१

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले छिमेकी मुलुकले दिने सहयाेग लिन सकिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १ ले ‘घर घर जाऊ कांग्रेस जिताउँ’ अभियानअन्तर्गत बुद्धनगरमा गरेको कार्यक्रममा उनले कम्युनिस्ट पार्टीका दाेधारे कुराले नागरिकमा गलत सन्देश गएको समेत आरोप लगाए ।

उनले गलत हल्लाकाे विषयमा नागरिकसामु गएर बुझाउनुपर्ने बताएका छन् । आफ्नो पार्टीले देश र जनताकाे हितविपरीतका सहयाेग अस्वीकार गर्ने उनले प्रस्ट पारे । मुलुक र जनताको हितलाई ध्यानमा राखेर सहयोग लिइने उनले बताएका छन् । अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाकाे पछि नलाग्नसमेत उनले आग्रह गरे ।

कम्युनिस्ट नेताहरु जनतासामु एउटा र विदेशीसँग अर्को कुरा गर्न माहिर रहेकाे कुरा सबैले थाहा पाउनुपर्नेसमेत उनले बताए । उनले कांग्रेस नेतृत्वमा आजसम्म गरिएका उपलब्धि बुझाएर कांग्रेसकाे पक्षमा मत माग्न समेत कार्यकर्तालाई आग्रह गरे । कांग्रेसले गरेका कामको सही प्रचारसमेत गर्न पछि परेकाे भन्दै उनले प्रचार-प्रसारमा लाग्नसमेत निर्देशन दिए ।

फरक प्रसंगमा चुनाव नजिकिँदै गर्दा टिकटकाे आशा राख्नु स्वभाविक भएको उनले बताए । टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने उनले बताए । समय धेरै नभएकाले घर-घर टाेल टाेलमा गएर कांग्रेसका उम्मेद्वार र कांग्रेसलाई विजय गराउन लाग्नुपर्ने नेता सिंहको भनाइ छ ।

May be an image of 6 people, people sitting and people standing

प्रतिक्रिया