चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

काठमाडौं । चीनले कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबार सम्मको तथ्यांक अनुसार १ अर्ब २४ करोड जनसंख्यालाई पूर्ण मात्राको खोप लगाएको जनाएको हो।
चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार सो कुराको जानकारी दिएका छन् । उनले भनेका छन् कि। चीन सरकारले यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको छ र गत शुक्रबारसम्म यहाँका १ अर्ब २४करोड नागरिकलाई यो खोप दिइसकिएको छ ।’
६० वर्षभन्दा माथिका करिब ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसका विरुद्धको पूर्ण मात्रा खोप दिइएको बताइएको छ ।साथै प्रवक्ता लिका अनुसार करिब ६५ करोड नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर मात्रा खोप दिइएको पनि बताइएको छ । सुरुमा कोरोना भाइरसले असर गर्ने भनेर ६० वर्ष माथिका नागरिकलाई यो खोपको मात्रा दिने गरी प्राथमिकता निर्धारण गरेकोमा अहिले अर्थात् पछिल्लो समय चिन सरकारले सबै नागरिकलाई खोप लगाएको छ ।
प्रतिक्रिया