शतप्रतिशत मार्जिनकाे व्यवस्थाले साना व्यवसायी मर्कामा

काठमाडौं । विदेशबाट बस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले आफूहरु मारमा परेको साना व्यवसायी तथा व्यापारीहरूले बताएका छन् । सरोकारवाला निकायहरु सँग छलफल समेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिदा व्यापार धरासाही बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको र अहिले सम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू हुनु भन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएको बताए । कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नु भन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययन विना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे ।
उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्याधिक मूल्यवृद्धि भएको बताए । साना तथा मझौला व्यवसायीहरुको पहुँज नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई अपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाए । गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजिकरण गर्ने काम नगरेको बताए । चीन सरकारले अघोषित नाकाबन्दी गरेर २ वटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायीहरु समस्या रहँदा सरकारको आँखा नपुगेको बताए ।
त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिले सम्म भन्सारबाट सामान नआएको बताए । उनले सरकारले सामान आयातमा ल्याएको सतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताए ।
सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताए । उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिना सम्म नआउँदा व्यापार नै ठप्प रहेको बताएका छन् ।
व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन् । बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया