बिहीबार, वैशाख १३, २०८१

प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल

नेपालखोज २०७९ चैत १० गते १९:४२

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उहाँले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिनुभएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताए ।

उनले जनतालाई संविधान र प्रजातन्त्रप्रति दलको नेतृत्वबाट भएका कमीकमजोरीको कारणले निराशा पैदा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार, आर्थिक समृद्धि र जनतालाई शान्ति सुरक्षा र अमनचैन कायम गर्न सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा (एमाले)का संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले आर्थिक मितव्ययिताका प्रशासनिक खर्चमा कटौती गरेको बताए ।

उनले प्रदेशका विभिन्न अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण उपलब्ध गराइएको र उपचार सेवालाई अझ प्रभावकारी बनाउन घुम्ती चिकित्सक टोली परिचालन गरिएको जानकारी दिए । उनले प्रदेश सरकारले दुई महिना सात दिनमा कृषि उत्पादन र पशुपंक्षी पालनमा कृषकलाई परिचालन गर्न गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गरेको बताए । मुलुकमा स्थिर राजनीतिक अवस्था सिर्जना गर्न सके जनतालाई प्रजातन्त्रप्रति विश्वास बढ्ने धारणा उनको भनाइ छ । वर्तमान अवस्थामा मुलुकमा राजनीतिक तीव्र धु्रवीकरणको कारणले आफ्नो पार्टीले सहमतिको आधारमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा मन्त्रिपरिषद्मा समावेश भएको उनले बताए ।

उनले बागमती प्रदेशमा नेकपा (एमाले)ले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने बताए । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २५ मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धनको समर्थनमा मुख्यमन्त्रीको नियुक्त भएका थिए ।

उनले पुस २६ मा मन्त्रिपरिषद्मा ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । साथै गत माघ ३ मा विश्वासको मत प्राप्त गरिसके लगत्तै एमाले, माओवादी केन्द्र र राप्रपाको मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरिएको थियो । केही हप्ताअघि राप्रपाको तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका तीन मन्त्रीहरुले राजीनामा दिएका थिए । साथै राप्रपाले सरकारले दिएको समर्थन समेत फिर्ता लिएको थियो ।

प्रतिक्रिया