पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ चैत ७ गते ५:५६

काठमाडाैं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया