शनिबार, जेठ ५, २०८१

जहाँ पुजा गरेपछि भिषा लाग्ने बिश्वास गरिन्छ

नेपालखोज २०७९ पुष ६ गते ११:३१

भारत । चेन्नईको भिसा मन्दिरमा भीड बढ्दै गएको छ । गणेश मन्दिर नजिकैको यो मन्दिरमा पुजा गरेपछि धेरै भक्तजनको मनोकामना पुरा भएका कथाहरु पनि सुन्न पाइन्छ । ज्योति बोन्थाले अमेरिकी दूतावासमा उनको अन्तर्वार्ता सहज रुपमा सम्पन्न भएकोमा भगवानलाइ धन्यवाद दिन यहाँ आएको कुरा बताइन् । ज्योति भन्छिन्, “उनिहरुले एक-दुई प्रश्न मात्र सोधे, म आफै छक्क परें।” यता ज्योति कि साथी फणी विराङ्की अलि बेचैन छिन्। उनको हातमा कागजपत्रको फाइल छ । आन्ध्र प्रदेशका दुवै साथी कम्प्युटर विज्ञानका विद्यार्थी हुन् र ओहायो जान चाहन्छन् ।

वीराङ्कीको भिषा अन्तर्वार्ता बाँकी छ र उनी त्यसकै सफलताका लागि प्रार्थना गर्न यो मन्दिर आएकी हुन् । उनिहरु दुबैले मोवायल एप मार्फत यो भिषा मन्दिरका बारेमा जानकारि पाएका थिए । वीराङ्की भन्छिन्, “मेरो परिवारमा अमेरिका जाने म पहिलो व्यक्ति हुँ। मेरी आमा मलाई पठाउन डराउनुहुन्छ तर अमेरिकामा प्राप्त हुने अवसरलाई लिएर म निकै उत्साहित छु।”

पुजारीलाई आफ्नो कागजातको खाम दिँदै वीरांकी भन्छिन् – धेरै आवेदनहरू अस्वीकृत भएका छन्, त्यसैले उनी निराश छिन्। भिषा पाएपछि यी दुवै साथी अमेरिका पुगेर नियाग्रा फल्स हेर्न चाहन्छन् ।

२५ वर्ष पुरानो मन्दिर : मोहनबाबु जगन्नाथ तथा उनकी श्रीमती संगीताले यो भिषा मन्दिरको रेखदेख गर्दै आएका छन् । यो मन्दिर जगन्नाथका हजुरबुवाले सन् १९८७ मा बनाएका थिए । बन्द गल्लीमा उनको घर अन्तिम घर हो। धेरै संस्कृतिमा, बन्द सडकमा अन्तिम घर हुनु अशुभ मानिन्छ। यद्यपि, चेन्नईका मानिसहरू गणेश मन्दिरमा दुष्टताबाट जोगाउने शक्ति रहेको विश्वास गर्छन्। जगन्नाथ भन्छन्- पहिले यो मन्दिरमा छिमेकीहरू मात्र आउँथे तर केही वर्ष यता यो मन्दिरले लोकप्रियता पाउन थालेको छ । भिषा चाहनेहरू यहाँ आए र सफल भएपछि उनीहरूले नै यसको बारेमा प्रचार गरे।”

अहिले विदेश जानेहरुको संख्या निरन्तर बढ्दै गएको छ भने भिषा खोज्नेहरुको संख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा तमिलनाडुको भिसा मन्दिरको ख्याति र मान्यता पनि बढिरहेको छ । अर्जुन विश्वनाथन हात जोडेर मन्दिरमा उभिरहेका छन् । अगाडि गणेशको मूर्ति छ, जसलाई विश्वनाथन हेरिरहेका छन् । मनमा एउटै प्रार्थना घुमिरहेको छ- हे भगवान अमेरिकाको भिषा लागि हालोस् । किनभने भोलिपल्ट अमेरिकी दूतावासमा उनको अन्तर्वार्ता छ । मन्दिरमा विश्वनाथन जस्ता मानिसहरूकै भीड लाग्छ । सबैको मनमा एउटै प्रार्थना छ- भिषा। कसैलाई अमेरिकी भिषा चाहिएको छ भने कोही बेलायत जान आतुर छन् । समाचार एजेन्सी एपीसँग कुरा गर्दै विश्वनाथनले भनेका छन्, “१० वर्षअघि म यहाँ मेरो भाइको भिषाका लागि प्रार्थना गर्न आएको थिएँ , त्यतिबेला उसले बेलायतका लागि एप्लाइ गरेको थियो । दुई वर्षअघि मैले मेरी श्रीमतीको अमेरिकाको भिषाका लागि प्रार्थना गरें र भिसा पनि पाएँ, त्यसैले मलाइ यो मन्दिर प्रति पूरा आस्था र विश्वास छ ।

श्रीलक्ष्मी गणपति मन्दिर चेन्नई एयरपोर्ट नजिकै छ । भिषा मन्दिरका रुपमा परिचित यो प्रार्थना गृह प्रतिको आस्था सम्पूर्ण दक्षिण भारतमा टाढा-टाढासम्म छ। पछिल्लो दशकमा यसको मान्यता अझ बढेर गएको छ, किनभने विदेश जान चाहनेहरुको संख्या लगातार बढिरहेको छ। सानो होस् वा ठुलो, कुनै यस्तो सहर – गाउँ छैन होला जहाँ कुनै अर्को देशको भिषा लिन खोज्ने मान्छे नहुन । भिषाको आशामा रहेका मानिसहरुमा भिषा मन्दिरप्रतिको आस्था , बिश्वास अनि मान्यता पनि बढ्दै गएको छ, जसमा सामाजिक सञ्जालको ठूलो भूमिका छ । श्रीलक्ष्मी नरसिंह नवनीथा कृष्णन मन्दिर गणपति भिषा मन्दिरबाट करिब डेढ किलोमिटर टाढा छ। त्यहाँ हनुमानको मूर्ति छ। त्यहाँको हनुमानमा भिषा दिलाउन सक्ने शक्ति छ भन्ने मानिसहरूको विश्वास छ। त्यसैले मानिसहरू यसलाई अमेरिका अञ्जनेय वा भिषा अञ्जनेय पनि भन्छन् ।

टाढाटाढाबाट आउँछन मानिसहरु : मन्दिरका सचिव जीसी श्रीनिवासन सन् २०१६ पछि मात्र यो मन्दिरले भिषा मन्दिरका रुपमा ख्याति प्राप्त गरेको कुरा बताउँछन । उनी भन्छन्, “त्यतिबेला केही मानिसले यहाँ आएर भिषाका लागि प्रार्थना गरे र सफल पनि भए। त्यसपछि उनीहरूले नै यो कुरा चारैतिर फैलाए र मन्दिरले ख्याति कमायो ।”

श्रीनिवासन भन्छन्, ‘एक महिनाअघि भिषा अञ्जनेयको परिक्रमा गर्ने क्रममै भिषा लागेको खबर पाएका एक व्यक्तिसँग भेट भएको थियो । अर्का भक्त प्रदीप भिषाका लागि प्रार्थना गर्न यहाँ आएका छैनन् तर उनलाई अञ्जनेयको भिषासम्बन्धी शक्तिमा पूर्ण विश्वास छ । प्रदीप भन्छन , “उहाँ मेरो देवता हुनुहुन्छ, भिषाका लागि मात्र होइन भक्तिपूर्वक प्रार्थना गर्नुभयो भने तपाईंका हरेक इच्छा अवश्य पूरा हुनेछन ।” २००९ मा जगन्नाथका पिता राधाकृष्णनले यो मन्दिरको पुनर्निर्माण गरे र यसको नाममा भिषा थपे। जगन्नाथ भन्छन्- यहाँ आएका मानिसहरूका सफलताका कथा हृदय छुने खालका छन् । यो मन्दिरको रेखदेख गरेकोमा मानिसहरू उनको घरमा उनलाई धन्यवाद दिन समेत आउँछन् । उनी भन्छन्, “मलाई यसमा कहिल्यै कुनै समस्या छैन। हामीले यसलाई जनताको सेवा मानेकाछौं। मानिसहरूलाई खुसी देख्न पाउँदा खुसी लाग्छ। उनीहरू सफल भएर यहाँ आइ आफ्नो कथा सुनाउँदा निकै राम्रो लाग्छ।”

अमेरिका गएर आफ्नो नातिलाई भेट्ने इच्छा भएकाले दिल्लीबाट हजारौं किलोमिटर टाढा प्रार्थना गर्न आइपुगेकी श्रीमती संगीता बताउँछिन् । संगीताले आफ्नो भिसा आवेदन अस्वीकृत भएको बताइन् । उनी भन्छिन्, “निस्सन्देह, केही मानिसहरूले सफलता पाउँदैनन्। कारण केवल भगवानलाई थाहा छ।”

पदमा कानन क्लार्क विश्वविद्यालयमा भर्नाको तयारीमा रहेकि छोरी मोनिशालाई लिएर यहाँ आएकी थिइन् । कानन आफ्नी छोरीले यो मन्दिरमा प्राथना गरेकै कारण भिसा पाएको कुरा बताउँछिन् । उनी भन्छिन्, “मलाई यो मन्दिरका बारेमा गुगलबाट जानकारि प्राप्त भयो । म मेरी छोरीका लागि यति चिन्तित थिएँ कि मैले यहाँ आएर प्रार्थना गरें ।

हामी हाम्रा बच्चाहरूको लागि प्रार्थना गर्छौं र उनीहरूको काम पनि पूरा हुन्छ।” विश्वनाथन भन्छन् उनी सामान्यतया यस्ता कुरामा विश्वास गर्दैनन् र जब उनको भाइले दस वर्ष अघि बेलायतको भिसा पाए, उनले त्यसलाइ संयोग भन्ने मानेका थिए तर उनकी श्रीमतीले अमेरिकाको भिसा पाएपछि उनको बिश्वास बढेर गयो ।

भोलिपल्ट मन्दिरमा पूजा गरेपछि विश्वनाथनले पनि भिसा पाए । अहिले उनी न्यू ह्याम्पशायर जाने तयारीमा छन् । विश्वनाथन भन्छन्, “यो सबै विश्वासको कुरा हो, विश्वास गरे सफलता आउँछ।”

एसोसिएट प्रेसको सहयोगमा

प्रतिक्रिया