आइतबार, वैशाख २८, २०८२

राष्ट्रिय फुटबल टिम बैंकक प्रस्थान, २४ तारिखमा थाइल्यान्डसँग खेल्ने

नेपालखोज २०७८ चैत ७ गते १५:०३

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण प्रतियोगिताका लागि थाइल्यान्ड प्रस्थान गरेको छ । नेपाली टोली नेपाल एयरलाइन्सको नियमित उडानबाट राजधानी बैंकक प्रस्थान गरेको हो ।

थाइल्यान्डको राष्ट्रिय टिमसँग २४ र २७ तारिखमा गरी २ वटा म्याच नेपालले खेल्ने छ । एन्फा कमप्लेक्स सातदोवाटोमा आइतबार थाइल्यान्ड जाने नेपाली टिमलाई विदाइ गरिएको थियो । नेपालले २४ तारिखमा राष्ट्रिय टिमसँग खेल्ने छ भने २७ तारिखमा त्यहाँको सुनवरी एफसीसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्ने जनाइएको छ ।

किरण चेम्जोङको कप्तानीमा रहेको टिममा टेकेन्द्र थापा, दीप कार्की, आशिस लामा, आयुस घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अन्जन विष्ट, एरिक विष्ट, नविन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकास बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज जीऊ ठकुरी, तेज तामाङ, सुवास गुरुङ र रोहित चन्द रहेका छन् ।

थाइल्याण्ड जाने अफिसियलहरुमा इन्द्रमान तुलाधर, विजय घले, पुर्णमान चित्रकार, अब्दुल्लाह अल्मुताईरी मुख्य प्रशिक्षक, किरण श्रेष्ठ सहायक प्रशिक्षक, विकास मल्ल ठकुरी गोलकिपर प्रशिक्षक, कृष्णभक्त मानन्धर, मधुसुदन उपाध्याय, आविष्कार पुडासैनी, विवेक सुवेदी र विकास गुरुङ रहेका छन् । नेपालले अहिले आसन्न एएफसी एसियन कपको तेस्रो चरणको तयारी गरिररहेको छ ।

प्रतिक्रिया