सोमबार, वैशाख १५, २०८२

राष्ट्र बैंकद्वारा पुुनः ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७८ चैत ७ गते २०:५४


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत्र आठ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल टे«जरी ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ असार सात गते, २०७९ असोज चार गते र २०७९ चैत्र सात गते देखिएको छ । बिक्री हुने यि सबै ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

यसअघि यही यही चैत्र एक गते पनि राष्ट्र बैकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया