सोमबार, जेठ ७, २०८१

अब गोजीमै हावा हाल्ने मेसिन

नेपालखोज २०७८ चैत ८ गते १६:३९

काठमाडौं । शाओमीले हालै एउटा नयाँ प्रोडक्ट लन्च गरेको छ जुन पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर 1S हो । यो पकेट साइज ट्राभल साथी हो जसले कार, बाइक, इलेक्ट्रिक वाहन सबैको चक्कामा हावा हाल्न सकिन्छ ।

यसमा एउटा अटो प्रेसर चेक फिचर पनि हुन्छ जसले टायर, बल आदिको हावाको स्थिति बताइदिन्छ । यसमा ५ किसिमको मोड हुन्छ जसमा फ्री मोड, साइकल मोड, मोटरसाइकल मोड, कार मोड तथा बल मोड छन् ।

य‍ो डिभाइस लिथियम ब्याट्रीद्वारा सञ्चालित हुन्छ र यसलाई यूएसभी टाइप सी पोर्टको माध्यमबाट चार्ज गर्न सकिन्छ । यो पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर 1S मोटरबाइक, कार , साइकल तथा बास्केटबल-फुटबल आदिमा हावा भर्न बढी उपयोगी छ ।

यसमा एउटा सानो कारको टायरहरुमा पूरा हावा भर्न ११ मिनेट तथा मोटरसाइकल को टायरमा पूरा हावा भर्न ३ मिनेट लाग्छ । यो डिभाइस विभिन्न सुरक्षा उपायका साथ आउँछ जसले बढी हावा भर्नबाट जोगाउँछ । यो डिभाइसले स्वचालित रूपले आफूद्वारा पूर्वनिर्धारित हावा मात्र भर्छ ।

रातको समय वा विशेष स्थितिमा यसमा भएको एसओएस फ्लास लाइट प्रयोग गर्न सकिन्छ । शाओमीको यो पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर 1S को अन्तर्राष्ट्रिय बजार मूल्य लगभग ३७ यूएस डलर (सुरुवाती मूल्य ) छ जसको नेपाली रुपैयाँ ४५०० जति हुन आउँछ ।

प्रतिक्रिया