सुन ताेलामा ८ सय रूपैयाँले बढ्याे, चाँदीकाे कति ?
नेपालखोज
२०७८ चैत ८ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रूपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (साेमबार) ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८ सय रूपैयाँ नै बढेकाे छ । आज तेजाबी सुन ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य २० रूपैयाँले बढेकाे छ । आज चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी १३ सय ७५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

सम्बन्धित
प्रतिक्रिया