बुधबार, जेठ २, २०८१

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७८ चैत ८ गते ११:४४

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सो प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू -भागमा सामान्य तया मौसम सफा रहने भएको छ ।

राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असर बाट बच्न र पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया