लेटाङमा छात्रामाथि यौन दुव्यर्वहार गरेको भन्दै विरोध

काठमाडौं । मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्यर्वहार गरेको घटना प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल केन्द्रीय कार्यसमितिले घोर भत्सर्ना गरेको छ ।
महासंघका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसा प्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षक माथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालय सँग माग गरे ।
सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक संघ / संगठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापक समेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउन समेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिन समेत माग गरिएको छ ।
प्रतिक्रिया