पर्यटक भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु

नेपालखोज २०७८ चैत ८ गते १५:४४

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारी पछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनको लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताए ।

मंगलबार न्युज एजेन्सी नेपाल सँग कुराकानी गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले ती पर्यटक लाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यम बाट ल्याउने अभियान सुरु गरिएको बताए । उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको र कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको डा. रेग्मीले बताएका छन् ।

उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरु सँग सहकार्य गरेर टुर अवरेटरको माध्यम बाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको बताए । पछिल्लो समय भारतीय पर्यटक बढ्दै गएकाले सिमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनहरु समेत सञ्चालनमा आएको जानकारी दिए । तर अहिले भएका पर्यटन प्रवद्धनको लागि सबै भौतिक संरचना पूर्णरुपमा व्यवस्थित नभएर पनि आएका पर्यटकलाई सन्तुष्ट बनाउन सक्ने अवस्थामा नेपालको पर्यटन क्षेत्र तयार रहेको डा. रेग्मीको भनाई छ । उनले कोरोना महामारीको थला परेको पर्यटन उद्योगलाई नयाँ सोचका साथ प्रवद्धन गर्ने उद्देश्यले बोर्डले नयाँ तरिका बाट काम गर्न लागेको बताए ।

पछिल्लो १० वर्षको अवधिमा नेपालमा पर्यटन प्रवद्धनको लागि धेरै भौतिक संरचनाको विकास भएको भन्दै डा. रेगमीले सिमावर्ती क्षेत्रमा ठूला होटल, क्यासिनो,मनोरञ्जनका जोन, विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्त आएकाले भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य नेपाल बन्ने बताएका हुन् । डा.रेग्मीले सरकारले पर्यटन प्रवद्धन गर्नको लागि नयाँ तरिकाबाट नेपालमा भएका सबै गन्तव्यको प्रचार गरेर त्यही अनुसारको प्याकेज बेच्न सक्नु पर्ने बताए ।

उनले पछिल्लो समय नेपालको हवाई उडानमा पनि काठमाडौं केन्द्रित हुन नपरेकाले पर्यटकको लागि राम्रो भएको छ । अहिले भारत बाट पर्यटकहरु गाडिमा विरगञ्ज आएर एयरर्पोटमा गाडी राखेर त्यही बाट पोखरा घुम्न सक्ने वातावरण बनेको डा. रेग्मीले स्पस्ट पारे । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरू सँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गरेर भारतीय पर्यटन बढाउने बोर्डले योजना बनाएको बताए ।

प्रतिक्रिया