आइतबार, पुष ६, २०८२

ग्राहकले न्युनतम दुईदेखि सात प्रतिशतसम्म व्याजमा पुनर्कर्जा पाउने

नेपालखोज २०७८ चैत ८ गते २१:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्याविधि २०७७ को चौथौ संशोधन सार्वजनिक गरेको छ । आज राष्ट्र बैंकले अनुुमती प्राप्त सबै बैंक तथा फाईनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि ग्राहकहरुले न्युनतम दुईदेखि सात प्रतिशतसम्म व्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने छन् । यसको लागि त्यस्ता ग्राहकहरु लघु घरेलु तथा साना, विशेष र साधारण पुनर्कर्जा पाउन योग्य हुनु पर्नेछ । राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको श्रोतको रुपमा कृषि तथा उद्योग क्षेत्रको विकासको लागि छुट्याइएको विकास कोषलगायत यस कार्यविधिको बुँदा नं.४ का अनुसारका अन्य श्रोतबाट प्राप्त रकमलाई पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको रुपमा उपयोग गरिएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कुल श्रोत रकमको अधिकतम चार दशमलव १२ गुणासम्म अर्थात् दुई खर्ब १२ अर्व ८८ करोड ननाघ्ने गरी बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ ।

कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने संंशोधित व्यवस्थामा उल्लेख छ । पुनर्कर्जाको जोखिम व्यर्होने कोषकोरुपमा भने बैंकमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषको रकम, दातृ निकायबाट प्राप्त भई नेपाल सरकारबाट स्वीकृति प्रदान भएका रकम र नेपाल सरकारले प्रदान गरेको रकम समावेश हुने छ ।

संशोधित व्यवस्थाअनुसार पुनर्कर्जालाई लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जामा वर्गिकरण गरिएको छ । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्र्तगत उद्यमी स्वयंसंलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने छ ।

त्यसैगरी विशेष पुनर्कर्जा अन्र्तगत बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरु, ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पु¥याउने गरी दुर्गम स्थानहरुमा सेवा पु¥याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनर्कर्जाहरू पर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

साधारण पुनरकर्जा अन्र्तगत भने माथिको दुबै वर्गीकरणमा नपरेका र बैंकले समय(समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुनर्कर्जा मानिने छ । लघु घरेलु तथा साना उद्यम पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले लिने व्याजदर चार प्रतिशत तोकिएको छ भने, अनुमती प्राप्त बैंक तथा फाईनान्स कम्पनीहरुले ग्राहकसंग लिने व्याजदर सात प्रतिशत तोकिएको छ ।

त्यसैगरी विशेष पुनर्कर्जा अन्र्तगत राष्ट्र बैंकले लिने व्याजदर दुई प्रतिशत तोकिएको छ भने, ग्राहकबाट लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ । यसैगरी सााधारण पुनर्कर्जा अन्र्तगत भने राष्ट्र बैंकले लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ भने बैंक तथा फाईनान्स कम्पनीहरुले ग्राहकसंग लिने व्याजदर सात प्रतिशत तोकिएको छ । एकमुष्टरुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन् ।

ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिकरुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ ।

नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ । राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन् । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने छ ।

तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी रु ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन् । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन् ।

बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन । तर, बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनर्कर्र्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर गर्न सक्नेछ । राष्ट्र बैंकका अनुसार प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

प्रतिक्रिया