बुधबार, जेठ १, २०८२

युरोप बन्यो हतियार आयातको गढ !

नेपालखोज २०७८ चैत ९ गते १९:२७

काठमाडौं । बितेको पाँच वर्षयता युरोपमा हतियारको आयात सबैभन्दा माथिल्लो स्तरमा पुगेको छ । एक रिपोर्टअनुसार युक्रेनमा रुसी आक्रमण सुरु हुनुअघि नै युरोपेली देशले ठूलो मात्रामा हतियार आयात गर्न थालिसकेका थिए । रूसले युक्रेन माथि हमला गरेपछि युरोपेली देशहरुले आफ्नो सैन्य क्षमता बढाउने कुरामा जोड दिइरहेका छन् ।

यता स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (SIPRI) ले आफ्नो रिपोर्टमा भनेको छ- रुस-युक्रेन युद्ध सुरु हुनुभन्दा पहिले नै युरोप मारक हातहतियारको ठूलो खरिददार भइसकेको थियो ।

सिप्रीको रिपोर्ट अनुसार २०१७ देखि २०२१ बीचको पाँच वर्षमा संसारको हतियार निर्यातमा ४.६ प्रतिशतले कमी आए पनि युरोपको हतियार खरिदमा १९ प्रतिशतको वृद्धि देखिएको छ । सिप्रीको रिपोर्टका एक लेखक सीमन वेजेमान भन्छन , ” युरोप हतियार खरिदको नयाँ गढ हो । हामिले आफ्नो सैन्य खर्च बढाइरहेका छौं । यो वृद्धि सानो तिनो होइन निकै ठुलो वृद्धि हुनेछ । हामिलाइ नयाँ हतियार चाहिएको छ र त्यसको ठुलो भाग आयात बाट पुर्ती गरिनेछ । युरोपमा हतियारको आपूर्ति स्वयं केही युरोपेली देश तथा अमेरिकाले गर्दै आएका छन । ”

युरोपका कैंयन देशले आफ्नो सैन्य क्षमता बढाउन बढि लगानी गर्ने घोषणा गरिसकेका छन । यसमा युरोपको सबैभन्दा ठुलो अर्थव्यवस्था भएको मुलुक जर्मनी पनि छ । उता डेनमार्क तथा स्वीडेन जस्ता टतस्थ रहदै आएका मुलुकले पनि यस्तै घोषणा गरेका छन ।

युक्रेन युद्धले बढायो डर
युक्रेन माथि रूसी हमलाले युरोपेली देशहरुको भय बढाएको छ त्यसैले उनिहरु एफ-३५ जस्तो लडाकु विमान , मिसायल तथा गोला-बारूद आदिमा खर्च बढाउने तैयारी गरिरहेका छन् । युरोपको हतियार खरिद प्रक्रिया २०१४ मा रुसले क्रीमिया कब्जा लिए पछि नै बढन थालिसकेको थियो । बितेका पाँच वर्षमा हातहतियारको अन्तर्राष्ट्रिय व्यापारमा युरोपको हिस्सेदारि १० प्रतिशतबाट बढेर १३ प्रतिशत पुगिसकेको छ र आगामि दिनमा यो अझ बढने पक्का छ । हतियार सँग सम्बन्धित सम्झौताका क्रममा अपनाइने गोपनीयता तथा बिना धन सित्तैमा दिइने हतियारका कारण सहि तथ्यांक नपाइए पनि विशेषज्ञहरु के मान्छन भने संसारमा हातहतियारको वार्षिक व्यापार १०० अरब डलर अर्थात १२० खरब रुपैयाँ भन्दा बढिको छ ।

सिप्रीका अनुसार एशिया तथा ओसेनिया क्षेत्र बितेका पाँच वर्षका सबैभन्दा ठूला हतियार आयातकर्ता हुन् । संसारको कुल हतियार बिक्रीको ठुलो भाग लगभग ४३ प्रतिशत यहिँ खपत भएको छ । रिपोर्टअनुसार संसारका सबैभन्दा ठुला हतियार आयातकर्ता – भारत, सउदि अरब ,अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, पाकिस्तान तथा जापान हुन ।

त्यसो त बितेका पाँच वर्षमा हातहतियारको आयात करीब पाँच प्रतिशतले घटेको छ । यद्यपि पुर्वि एशियामा २० प्रतिशत तथा ओशेनिया क्षेत्रमा ५९ प्रतिशतले हतियारको आयात बढेको छ । रिपोर्ट भन्छ, ‘चीनको केहि देश सँगको तनावका कारण एशिया तथा ओशेनियाको हतियार आयात प्रभावित भएको छ ।’

मिडल-इस्ट हातहतियारको अर्को ठूलो बजार हो । कुल हतियार आयातको ३२ प्रतिशत भाग यही क्षेत्रमा पुगेको छ जुन बितेका पाँच वर्षमा तीन प्रतिशतले बढेको छ । अमेरिका तथा अफ्रिकामा भने हतियारको आयातमा ठूलो कटौती देखिएको छ । दुवै अमेरिकी महाद्वीप तथा अफ्रिकामा कुल हतियार आयातको केवल ६ प्रतिशत हिस्सेदारी छ । अमेरिकामा ३६ प्रतिशत तथा अफ्रिकामा ३४ प्रतिशत कम हतियार आयात गरिएको बताइन्छ ।

देशको कुरा गर्दा सबैभन्दा बढी ११-११ प्रतिशत हतियार भारत तथा सउदी अरबले खरिद गरेका छन् । हतियार खरिददारीमा मिश्रको ५.७ प्रतिशत, अस्ट्रेलियाको ५.४ प्रतिशत तथा चीनको ४.८ प्रतिशत हिस्सेदारी छ ।

हतियार निर्यातमा अमेरिका ३९ प्रतिशत भागिदारिका साथ सबैभन्दा माथि छ । रूस बीतेका पाँच वर्षमा दोस्रो स्थान मै कायम छ तर यो कारोबारमा उसको भागिदारी घटेर १९ प्रतिशतमा सीमित भएको छ जुन चीन द्वारा हतियारको आयात घटाइएका कारण भएको हो । फ्रान्स संसारकै तेस्रो ठुलो हतियार निर्यातक हो । संसारमा कुल निर्यात हुने हतियार मध्ये फ्रान्स एक्लैले ११ प्रतिशत हतियार निर्यात गरेको थियो । हतियार बेच्ने मुलुक मध्ये कुल बिक्रीमा चीनको भागिदारि ४.६ प्रतिशत तथा जर्मनीको भागिदारि ४.५ प्रतिशत छ ।
-एएफपी तथा रोयटर्समा आधारित

प्रतिक्रिया