‘जनताले अब देशको हित गर्ने कुन र ढुलमुले पार्टी कुन हो भनेर छुट्याउने बेला आयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकुलाई नेतृत्व प्रदान गर्ने सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् । ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको पनि उनले बताए । उनले अस्थिरताबाट निकास र जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै अनावश्यक भ्रमको पछि नलाग्नसमेत सबैमा आग्रह गरेका छन् ।
राजधानीको शंखमूलमा ‘घर-घर जाउँ कांग्रेस जिताउँ’ अभियानअन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् । देशलाई संकट पर्दा काम गर्न नसक्ने महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिएर अब जनताले नपत्याउने भन्दै जनताले देशको हित गर्ने पार्टी कुन हो ढुलमुले पार्टी कुन हो छुट्याउने बेला आएको बताए ।
कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि निकै महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कामै नगरेका दलहरुले दिएको सपनाको पछि नलाग्नसमेत अपिल गर्दै अरु पार्टी काम कम प्रचार धेरै गर्ने भएकाले अब कांग्रेस नेता-कार्यकर्ताहरुले आफ्नो अगुवाइमा चुनाव प्रचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया