फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

नेपालखोज २०७८ चैत ९ गते १५:४२

मोनिला। फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिएका छन् । कोरोना भाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले महामारी कम भएकाले अब खुकुलो बनाउनु पर्ने उनको भनाई छ ।

विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए । निर्देशनमा उनले सोमबार हस्ताक्षर गरेको हो । उनले कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिए । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिए ।

फिलिपिन्समा अहिले सम्म कोरोना भाइरसका कारण तीस लाख ६७ हजार मानिस संक्रमित भएका छन् । भने ५८ हजार २८१ जनाको मृत्यु भएको विवरण छ । देशको अहिलेको कुल जनसंख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२.४९ प्रतिशतले पूर्ण खोप लगाइसकेको सरकारी अधिकारीहरुले दाबी गरेको छ । सिन्ह्वा रासस

प्रतिक्रिया