ओलीको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बुधबारदेखि राजधानीको सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको आफ्नो प्रतिवेदनमा पार्टीको सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रीत गर्ने उल्लेख गरिएको छ ।
संगठनात्मक सुदृढीकरण र पार्टी काममा तीव्रता दिने र पार्टीलाई चुनावमा पहिलो शक्ति बनाउने लक्ष्य ओलीले लिएका छन् । ओलीले चुनावको मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि पार्टीको कामको केन्द्रबिन्दु निर्वाचनको तयारी र त्यसमा पार्टीको विजय सुनिश्चित गर्नु भएको बताएका छन् । ओलीले एमालेको विजयका आधारमा मुख्य १८ बुँदामा समेटेका छन् ।
यस्तै गठबन्धनको आलोचना र एमसीसीबारे पनि पार्टीको धारणा राखेका छन् । प्रतिवेदनमार्फत ओलीले एमसीसी स्वीकार्दै अब यसमा विवाद गर्न नहुने बताएका छन् । पार्टीको बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘गत निर्वाचनमा पनि कांग्रेस-माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियाैं । निर्वाचन नेकपा एमालेको विजयको आधार सुदृढ छन्, जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।’
















प्रतिक्रिया