अब नेविसंघमा दुजाङ र तरुण दलमा विधानको नेतृत्व

काठमाडाैं । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । यसैगरी आजै नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विधान गुरुङले पाए ।
उनीहरुको नियुक्तिबारे कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली कांग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन गरेको थियो । कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।
देउवाले सोही अधिकार प्रयोग गर्दै आज नेविसंघ र तरुण दलमा केन्द्रीय तदर्थ कार्यसमितिमा नेतृत्व चयन गरेका हुन् । तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गरिसक्नुपर्ने बताइएको छ ।
बैठकले मिति नै तोकेर फागुन मसान्तसम्म रिक्त पदमा मनोनय नर्ग र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्न भनेको थियो । मिति घर्किएपनि समिति अझै गठन हुन सकेको छैन् ।


प्रतिक्रिया