नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २ हजारमा झर्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप २६६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २१९ मा झरेको हो ।
नेपालमा हाल कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६४ हजार १२७ पुगेको छ भने, ९८ दशमलव ६ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ८८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३२ जना र १ हजार ३८७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरि कुल ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, गत चौबीस घण्टामा थप ८३ हजार २५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया